जेठ ३०, काठमाडौं । तारकेश्वर नगरपालिकामा पछिल्लो चौविस घण्टामा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तारकेश्वर नगरपालिकामा कोरोनाको दोश्रो भेरियन्ट सुरु भएपछि तारकेश्वरमा हालसम्म ९२८ जना महिला र ११०८ जना पुरुष गरि कुल २०३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
तारकेश्वरमा पछिल्लो चौविस घण्टामा ७७ जनामा एन्टिजोन परिक्षण गरेकोमा १६ जनामा पोजेटिभ देखिएको छ । तारकेश्वरमा हालसम्म ९२० जनाले कोरोनालाई जितेका छन । तारकेश्वर नगरपालिकाले सञ्चालन गरेको आईसोलेसनमा हाल ५जना उपचाररत छन ।
कोरोनाको दोश्रो भेरियन्ट पछि तारकेश्वरमा हालसम्म कोरोनाबाट ४० जनाको मृत्यु भएको छ ।