• २०८३ बैशाख ३ गते बिहिवार

गण्डकी प्रदेशका न्यायाधिवक्ता घिमिरेद्वारा राजीनामा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३०, कास्की । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिएका छन् । गण्डकीमा पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार परिवर्तन भएपछि घिमिरेले राजीनामा दिएका हुन् ।

​मुख्य न्यायाधिवक्ता सरकारको सल्लाहकार हुने भएकाले सरकार परिवर्तन भएसँगै मुख्य न्यायाधिवक्ता पनि परिवर्तन हुने गर्दछ । घिमिरेले तीन वर्ष गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्ता बनेर आफ्नो जिम्मेवारी निर्वाह गरेका थिए । लमजुङ घर भएका घिमिरेलाई पृथ्वी सुब्बा गुरुङले आफु मुख्यमन्त्री बनेपछि नियुक्त गरेका थिए ।

 

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस