• २०८३ कार्तिक ६ गते बिहिवार

रौतहटमा श्रीमानद्वारा श्रीमतीमाथि एसिड प्रहार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३०,रौतहट । रौतहटमा एक महिलामाथि एसिड आक्रमण भएको छ । रौतहटको चन्द्रपुर नगरपापिलका वडा नम्बर ४ कि ३८ वर्षिय दिपिका वि।क। लाई उनकै श्रीमानले एसिड प्रहार गरेका हुन् ।

पीडित महिलाको हाल चन्द्रपुरमा रहेको एपोलो सिटी अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार उनको शरिरको करिब १८ प्रतिशत भाग जलेको छ । पीडित महिलाका अनुसार शनिबार साँझ विवाद हुँदा उनको श्रीमानले एसिड आक्रमण गरेका थिए। विवादको सुरुवाती क्रममा श्रीमानले कुट्दा उनको गालामा चोट लागेको थियो । विवादपछि बाहिर निस्केका श्रीमानले फर्किएर आउँदा पछाडि बोतलमा लुकाएर ल्याएको एसिड छ्याप्न खोज्दा उनले देखेर खोस्ने क्रममा हातमा र मुखमा परेको पीडितले बताइन् ।

प्रहरीले महिलाका ४२ वर्षिय श्रीमान् दिपक वि।क। लाई पक्राउ गरेको छ । चन्द्रपुर ४ मा सुनचाँदी पसल सञ्चालन गरेर बस्ने वि.क. ले सोही पसलबाट एसिड ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरिक्षक लिलाराज लामिछानेका अनुसार घटनाको सुचना पाएलगत्तै वि।क। लाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

घटनास्थलको प्रकृति हेर्दा एसिडको प्रयोग भएको जस्तो देखिएपनि ठ्याक्कै एसिड नै हो भन्ने बारेमा ल्याव परिक्षण प्रचात मात्र थाहा हुने उनले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस