• २०८३ बैशाख ८ गते मङ्गलवार

रुसलाई ३-० गोल अन्तरले पराजित गर्दै बेल्जियमको सुखद सुरुवात

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३०, एजेन्सी । बेल्जियमले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा घरेलु टिम रुसलाई ३-० गोल अन्तरले पराजित गर्दै बेल्जियमले सुखद सुरुवात गरेको हो ।

सेन्ट पिटर्सवर्गमा बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले दुई गोल गरे । यस्तै थोमस मुनिएरको नाममा एक गोल रह्यो । खेलको दशौँ मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३४ औं मिनेटमा थोमसले गोल गर्दै बेल्जियमलाई २-० को अग्रता दिलाए ।त्यसपछि खेलको ८८ औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ३-० को जित दिलाए । उनले मुनिएरको पासमा गोल गरेका हुन् ।

बेल्जियमका लागि लुकाकुको यो ६२ औं गोल हो । जितसँगै बेल्जियमले युरोकपको पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । समूह बी मा रहेको बेल्जियम शीर्ष स्थानमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस