• २०८३ बैशाख १५ गते मङ्गलवार

सगरमाथामा दुई विदेशी आरोहीको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३०, काठमाडौं । सगरमाथा चढ्न गएका दुई जना विदेशी आरोहीको मृत्यु भएको छ। स्विट्जरल्यान्डका आरोही अब्दुल वारैच र अमेरिकी आरोही पुवेई लिउको आरोहणकै क्रममा बिहीबार मृत्यु भएको हो।

उनीहरू ट्राभल एजेन्सी सेभेन समिटबाट सगरमाथा आरोहणका लागि गएका थिए। दुबै जनाको मृत्यु भएको सेभेन समिटले पुष्टि गरेको छ। सेभेन समिटका अनुसार अब्दुल सगरमाथा चुचुरोमा पुगेर फर्किने क्रममा थिए। त्यस्तै पुवेई क्याम्प ४ मा समस्या देखिएको थियो। उनी हिलारी स्टेपसम्ममात्र पुग्न सकेका थिए। त्यहाँबाट फर्किने क्रममा उनको स्वास्थ्यमा समस्या देखिएको र अक्सिजनसहित गएका शेर्पाहरूले पनि बचाउन नसकेको सेभेन समिटले जनाएको छ।

यसपालिको बसन्त याममा सगरमाथामा आरोहीको मृत्यु भएको यो पहिलो पटक हो।

Sharing

प्रतिक्रिया दिनुहोस