चैत्र ३१, तनहुँ । नेकपा एमाले तनहुँका जिल्ला उपसचिव र युवा संघ नेपालका दुई जना केन्द्रीय सदस्यहरूले माधवकुमार नेपाल समूहका साथ छोडेका छन ।एमाले तनहुँका जिल्ला उपसचिव बिष्णु भक्त सिग्देल र नरेश साहीको नेतृत्वको युवा संघको केन्द्रीय सदस्यहरु नारायण थापा र सुशील सिग्देलले माधव नेपाल पक्षको साथ छाडेको घोषणा गरेका हुन ।
तनहुँको राष्ट्रिय युवा संघ नेपालको जिल्ला स्तरीय र्याली तथा आमशभामा सम्बोधन गर्न एमाले नेता पुर्वमन्त्री महेश बस्नेत तनहुँ पुगेसँगै उक्त नेताहरुले नेपालको साथ छाडेको घोषणा गरेका हुन । देश भर समानान्तर कमिटी बनाउदै हिडेका माधब नेपाल समुहलाइ क्रमश साथ छाड्न थालेको संकेत देखिन्छ ।