• २०८३ बैशाख १५ गते मङ्गलवार

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ३१, बर्दिया । लागूऔषध मुद्दाका फरार प्रतिवादी गुलरिया नगरपालिका-४ बस्ने २० वर्षीय आर्यन चौधरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत बर्दियाको चैत ३ गतेको फैसलाले लागूऔषध (ब्राउनसुगर) मुद्दामा १० महिना कैद तोकी फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले गुलरिया नगरपालिका-४ तुलापुरबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस