चैत ३१, एजेन्सी । भारतमा एकैदिन १ लाख ६१ हजार ७३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार यससँगै भारतमा कूल संक्रमितको संख्या १ करोड ३६ लाख ८९ हजार ४५३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोभिड १९ संक्रमणका कारण ८७९ जनाको मृत्यु भएको छ। भारतमा हालसम्म १ लाख ७१ हजार ५८ जना संक्रमितको मृत्यु भइसकेको छ ।