चैत ३१, काठमाडौं। नेपलिज ओमन सोसाइटि नेपाल द्वारा सञ्चालित जेष्ठ नागरिक सेवा आश्रममा थप एक आमा थपिनु भएको छ। संस्थाको संस्थापक संरक्षक रिता पाण्डे सेवेदी को सहकार्यमा सञ्चालक समिति सदस्य निशा गुरुङले आज थप एक आमालाई आश्रममा ल्याउनु भएको हो।

वेवारिसे भएर घरबार विहिन भएका साहारा विहिन आमालाई संस्थाको सदस्य निशा गुरुङको सहयोगमा आश्रममा ल्याइएको संस्थाका सदस्य शिवकुमार महर्जनले जानकारि दिनुभयो। कागेश्वरी मनोहरा न पा वडा न.१ गागलफेदिमा २०७० मा स्थापना भएको उक्त आश्रम रिता पाण्डे के सि ले स्थापना गर्नु भएको हो।
