• २०८३ भाद्र ६ गते शनिवार

भारतद्धारा गाईघाटको विद्यालय भवन निमार्णमा ४ करोड २९ लाख सहयोग

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

चैत ३१,काठमाडौँ । भारत सरकारले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका गाईघाटस्थित श्री बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि ४ करोड २९ लाख अनुदान सहयोग प्रदान गरेको छ। गाईघाटस्थित श्री बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि काठमाडौंस्थित भारतीय राजदूतावासले ४ करोड २९ लाख अनुदान सहयोग प्रदान गर्ने भएको हो।

दूतावास र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र त्रियुगा नगरपालिकाबीच यही २०७७ साल चैत्र २३ गते सम्झौतापत्रमा हस्ताक्षर भएको छ। नेपाल–भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गतको उक्त ४ करोड २९ लाखको लागतमा निमार्ण परियोजनालाई उच्च प्रभाव सामुदायिक परियोजनाको रुपमा अघि बढाइने बताइएको छ ।

भारत सरकारले सन् २००३ यता साविकको साना विकास परियोजना र हालको उच्च प्रभाव सामुदायिक परियोजना अन्तर्गत ५ सय २० भन्दा धेरै परियोजना अघि बढाएकोमा नेपालका सातै वटा प्रदेशमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई, तथा अन्य सार्वजनिक सुविधाका क्षेत्रमा हालसम्म ४ सय ४८ वटा परियोजना सम्पन्न भइसकेका छन् । उदयपुर जिल्लामा निर्माण सम्पन्न भएका ७ र निर्माणका विभिन्न चरणमा रहेका ८ गरी प्रदेश १ मा मात्रै ६५ वटा परियोजना भारत सरकारले बनाइदिएको छ।

भारतले २०७२ सालको भूकम्पले क्षति पु¥याएका नेपालका ८ जिल्लामा ७१ वटा शैक्षिक संस्थाको पुनर्निर्माण गरिरहेको छ। तीमध्ये आठवटा विद्यालयको निर्माण सम्पन्न भइसकेको छ भने ६२ वटा विद्यालय निर्माणाधीन अवस्थामा रहेका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय निर्माण परियोजना भने टेण्डर प्रक्रियामा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस