• २०८३ मङ्सिर १३ गते शनिवार

बाँकेमा बस दुर्घटना हुँदा ३७ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २९, बाँके। बाँकेको राप्ती सोनारी गाउँपालिका- ३ बैसामा बस दुर्घटना भएको छ । गएराति ना३ख ९७५९ नम्बरको बस दुर्घटना हुँदा ३७ जना घाइते भएको र एकजनाको अबस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनाग्रस्त बस राप्ती सोनारीबाटै दाङको देउखुसी दुलही पुर्‍याउन हिँडेको थियो । दुर्घटनामा घाइते हुने सबै राप्ती सोनारीकै रहेको र उनीहरुको कोहोलपुर मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस