• २०८३ जेष्ठ ३१ गते आइतवार

खेलकुद महासंघको नेतृत्वमा वसन्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष २९, काठमाडौ। नेपाल कम्युनिष्ट्र पार्टी नेकपा निकट अखिल नेपाल खेलकुद महासंघको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। मंगलबार ललितपुरमा आयोजित भेलाले काली बहादुर घर्ती मगर ‘वसन्त’को संयोजकत्वमा ९९ सदस्यीय केन्द्रिय समिती समेत घोषणा गरेको छ।

गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले महासंघ केन्द्रीय समितीको घोषणा गरेका हुन। उक्त भेलामा बोल्दै गृहमन्त्री बादलले खेलाडी र खेलकर्मीहरूलाई समेत चुनावका लागि तयारी रहन आग्रह गरे । अब खेलाडीहरूका लागि देशभरको एक सय ६५ निर्वाचन क्षेत्र नै खेल मैदान हुने बादलले बताए । उनले ओली पक्षको खेलकुद महासंघसँग आफूअन्तर्गतको यो खेलकुद महासंघलाई चाँडै समायोजन गर्ने पनि बताए ।

घर्तीमगर नेपाल मार्सल आर्टस् हाप्किडो संघका अध्यक्ष हुन् । उनी पूर्वमाओबादीको खेलकुद महासंघको महासचिव समेत थिए । भेलामा देशभरबाट युवा खेलाडीले प्रतिनिधित्व गरेका थिए।

Sharing

प्रतिक्रिया दिनुहोस