• २०८३ जेष्ठ १ गते शुक्रवार

विमानस्थलबाट ९ किलो सुनसहित एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १९, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित क्यानडाका नागरिक पक्राउ परेका छन् । दुबईबाट सुन लिएर आएका क्यानडाका नागरिकलाई विमानस्थलमा चेकजाँचको क्रममा नियन्त्रणमा लिइएको भन्सार विभागले जनाएको छ ।


पक्राउ पर्नेमा मोहम्मद कमल माहगोब छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले गए राति १२ बजे उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उनी फ्लाई दुबईको एफ–२५७३ विमान मार्फत काठमाडौँमा ओर्लिएका हुन् । ३५ वर्षीय माहगोव पहिलोपटक नेपाल आएको थाहा भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस