मङ्सिर २६, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालत परिसरमा धर्ना दिइएको छ ।
कानुन व्यवसायीले केही समययता प्रत्येक दिन बिहान १० देखि मध्याह्न १२ बजेसम्म सर्वोच्चको मूल गेटमा धर्ना दिँदै आइरहेका छ । प्रधानन्यायाधीशलाई महाभियोग लगाउनुपर्ने भन्दै यसअघि बार नेतृत्वले विभिन्न दलका शीर्ष नेतालाई ज्ञापनपत्रसमेत बुझाइएको थियो ।