कसैले कामका औजार कोदाली पुजेका छन,
साप्ला हाँसी बन्चरा अनि फाली पुजेका छन।
नराम्रो भन्दैन जिवन धान्ने औजार पुज्नुलाई,
समाजमै बिस्वक्रमा प्रतेक पाली पुजेका छन।
तर घिन लाग्छ जब पौरीखि सिपालु हेलागर्दा,
साँचै होईन ओपचारिकता खाली पुजेका छन।
हेरौँन यो समाज पनि कत्तिको ढोँगीछ सदियौँ,
पुजा नि त देखावटी अनि जाली पुजेका छन।
सुँयो पुज्छन साप्लो पुज्छन तर दलिद अछुत,
खै न सिप पुज्छ कसैले न माली पुजेका छन।
थाहा छैन बिस्वक्रमा केलाई भन्ने उनि कोथिए,
सबै आ आफ्नो अगाडिको थाली पुजेका छन।