कात्तिक २६, काठमाडौं । नेपाली कथानक चलचित्र “तिम्रो हुने कहिले” मंसिर ३ गते नेपालभर रिलिज गर्ने निर्देशक राजु गिरीले बताएका छन्| उक्त चलचित्रकाे टेलर सार्वजनिक भइसकेको छ l पूर्ण प्रेम कथामा आधारित यो चलचित्रमा प्रकाश चन्द , मौसमी वली, सविन बास्तोला, सुधन धिताल, सुपा खनाल, शारदा गिरी, शेखर खनाल, ललित सिंह साउथ, मुस्कान रेग्मी र बालकलाकारमा काजल गिरी, कंगना गिरी सहितको मुख्य भूमिका छ ।
सुधन धितालको प्रस्तुती रहेको चलचित्र ‘”तिम्रो हुने कहिले” ’मा श्याम खत्रीको लगानी रहेको छ । उक्त चलचित्र रिलिज भए लगतै चलचित्र “पुरा भए सपना” को छायंकनको तयारीमा रहेको निर्देशक राजु गिरीले बताएका छन l
https://youtu.be/rF-ioAOU7s0