• २०८३ जेष्ठ ३१ गते आइतवार

कर्णालीमा एकै दिन ३ जना लाई भालुको आक्रमण

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

साउन २८ मुगु । कर्णालीका हिमाली जिल्ला मुगु र जुम्लाका ३ जना नागरिकलाई एकै दिन भालुले आक्रमण गरेको छ । मुगुका १ जना कृषक र जुम्लाका २ जना दम्पति लाई भालुले आक्रमण गरेको हो । मुगुको छायानाथ रारा नगरपालिका वडा नं ३ तलितुम वर्ष अन्दाजि ३५ का देवचन्द्र भाम लाई सोही वडाको दुवाडि काँध भन्ने स्थानमा वाख्रा चराउन भएको अवस्थामा बुधवार साझ ४ बजेतिर भालुले अचानक आक्रमण गरि शक्त घाईते बनाएको जनाईएको छ ।

घाईते भाम लाई उपचार गर्न निजका आफन्तहरुले बुधवार राति ८ बजेतिर जिल्ला अस्पताल ठिनि मुगुमा लगि उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक चित्र बहादुर भट्टराईले जानकारी दिए । उनका अनुसार घाईते बोल्न सक्ने गोडाको बाँया साँग्रोको मासुको चोक्टा समेत निकालेको उनको भनाई छ । उनका अनुसार यो वर्षा सिजनमा जंगली जनावरकोहरुको आवतजावत बढि हुने हुदा यहाका स्थानीय लाई सचेत रहन आग्रह गर्नु भएको छ । यस्तै जुम्लामा आज विहानै ४ बजे तिर चन्दननाथ नगरपालिका वडा नं ५ कार्कीवाडामा दैलेख जिल्ला घर भएका जुम्लामा बसोवास गर्दे आईरहेका मोवाईल ब्यवसायिका २ दम्पति हिमराज रोकाया र उनकी श्रीमति निर्मला रोकाया लाई भालुले आक्रमण गरि घाईते बनाएको हो ।

अहिले दुवै दम्पति लाई उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लिएको जानकारी दिएका छन् । घाईतेका अनुसार विहान पसल खोल्न जादा आक्रमण गरेको बताएका हुन ।

Sharing

प्रतिक्रिया दिनुहोस