• २०८३ बैशाख २० गते आइतवार

चावहिलमा श्रीमानले गरे गर्भवती श्रीमतिको हत्या

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन, २८ काठमाडौं ।  काठमाडौंको चाबहिलमा श्रीमानले गर्भवती श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन।

मकवानपुरको हेटौंडा घर भई काठमाडौंको चाबहिल बस्दै आएका ३९ वर्षका राम श्रेष्ठले २३ वर्षीया श्रीमती रञ्जना तामाङको घाँटी थिचेर हत्या गरेको महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख केशव भट्टराईले जनाकारी दिए। रञ्जना ६ महिनाकी गभर्वती रहेकाे प्रहरीले जनाएको छ।

हत्यापछि उनी आफैंले प्रहरीको हटलाइन १०० नम्बरमा फोन गरेर आफूले श्रीमतीको हत्या गरेको जानकारी दिएका थिए।  श्रीमतीसँग बिवाद हुँदा आफूले घाँटी थिचेर हत्या गरेको उनले बयान दिएको प्रहरीले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस