साउन, २८ काठमाडौं । राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले सरकारबाट सदनमा प्रस्तुत श्वेतपत्रमा पछिल्ला दुई वर्ष कोरोना महामारीका कारण अर्थतन्त्रमा परेको नकारात्मक असरलाई आधार मानेर त्यसभन्दा अघि र पछिका वर्षको तुलना गरिनु उपयुक्त नभएको बताएका छन्।
अर्थमन्त्री जनार्दन शर्माले मङ्गलबार संसद्मा प्रस्तुत गरेको श्वेतपत्रमा गलत तथ्याङ्क राखिएको डा कँडेलको आरोप छ।
सामान्य अवस्था र देशै ठप्प भएको असामान्य अवस्थासँग तुलना गरेर नयाँ सरकारले तथ्य बङ्ग्याएर यो श्वेतपत्र जारी गरेको कँडेलले जताए।
सार्क राष्ट्र सबैको आर्थिक वृद्धिदर घटेको जनाउँदै उनले यो वर्ष पनि अपेक्षाअनुसार आर्थिक वृद्धि हुने सम्भावना नदेखिएको बताए।