असार २८, काठमाडौं । नेपाल खेलकुद महासंघले सर्वोच्च अदालतको परमादेश गलत नियत र विदेशी चलखेलबाट आएको भन्दै विरोधको कार्यक्रम अन्तरगत राँके जुलुस निकालेको छ । शंकरदेव क्याम्पसबाट शुरु भएको राँके जुलुस पुतलीसडक हुँदै प्रदर्शनी मार्गको नेपाल मानविकी क्याम्पसमा गई समापन भएको थियो ।
समारोहमा महासंघका केन्द्रीय अध्यक्ष रमेश पौडेल, वरिष्ठ उपाध्यक्ष परशुराम बस्नेत, उपाध्यक्ष प्रभात विक्रम कटुवाल, महासंघका पदाधिकारीहरु लगायत उपत्यका विशेष कमिटीका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।