• २०८३ बैशाख ३१ गते बिहिवार

२ सय ४७ केजी अवैध लागूऔषध गाँजा बरामद

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २८, पर्सा । वीरगञ्ज महानगरपालिका-२५ आइसिपी गेट नजिक एचआर ५५ एम २२०९ नम्बरको भारतीय ट्रकबाट २ सय ४७ केजी अवैध लागूऔषध गाँजा सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ ।  ठूलो परिमाणमा लागुऔषध गाँजा ट्रकमा हेटौँडाबाट पर्सा हुँदै भारततर्फ लैजान लागेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले बरामत गरेकाे हाे ।

उक्त ट्रक रोक्न खोज्दा चालक ट्रक छोडेर फरार भएपछि २३ वटा पोकाभित्र रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार रहेका ट्रक चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस