• २०८३ बैशाख ६ गते आइतवार

सशस्त्र प्रहरीको घुमुवा हुँ भन्दै धाकधम्की दिएको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २८, मोरङ । सशस्त्र प्रहरीको घुमुवा हुँ भन्दै स्थानीय बासिन्दाहरुलाई धाक धम्की दिएको अभियोगमा रंगेली नगरपालिका-२ मंगलबारे बस्ने २० वर्षीय मनिष रायलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

धनपालथान गाउँपालिका-३ मायागञ्जमा सशस्त्र प्रहरीको घुमुवा हुँ भन्दै स्थानीय बासिन्दारुलाई धाक धम्की दिँदै हिँडि रहेको भन्ने खबर प्राप्त हुनासाथ सिमा प्रहरी चौकी मायागञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस