• २०८३ जेष्ठ ६ गते बुधवार

किर्ते सवारी पास बनाउने दुईजना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २८,पर्सा। किर्ते सवारी पास बनाउने उपकरणसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका-१७ बस्ने २१ वर्षीय जय नारायणप्रसाद जयसवाल र कलैया-३ बस्ने ३० वर्षीय गोपालप्रसाद साह पक्राउ परेका हुन् । पक्राउ परेका जयनारायण ना१ज ७२८८ न. को सुमोका धनी उमेशप्रसाद जैसवालको छोरा हुन् भने गोपाल दाइभाइ फोटो स्टुडियो एण्ड जनरल स्टोरका सञ्चालक हुन् ।

पक्राउ गरी सोधपुछ गर्दा कलैया-४ स्थित मालपोत कार्यालय अगाडिको दाइभाइ फोटो स्टुडियो एण्ड जनरल स्टोरबाट बनाएको बताएका थिए । पसल खानतलासी गर्ने क्रममा थप तीन थान नक्कली सवारी पास तथा पास बनाउन प्रयोग गरिएका विभिन्न उपकरण फेला परेपछि गोपाललाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पसलबाट प्रहरीले २ थान प्रिन्टर, एक थान कम्युटर र तीन वटा नक्कली सवारी पास फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय सिमरा बारामा राखी लिखत सम्बन्धी कसुर ९किर्ते मुद्दा० मा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस