• २०८३ जेष्ठ ४ गते सोमवार

थप तिन हजार ३८४ जना कोरोना संक्रमित थपिए, छ हजार २९५ कोरोनामुक्त, ६१ को मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २९, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा थप तिन हजार ३८४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख छ हजार ७७८ पुगेको जनाएको छ ।

एन्टीजेन विधिबाट पोजेटिभ भएका सङ्क्रमितको सङ्ख्या १९ हजार ७५७ जना पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार २९५ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म पाँच लाख २७ हजार १११ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट निको हुने दर ८६.९ प्रतिशत पुगेको छ ।

यस्तै मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ६१ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट आठ हजार ३६६ जनाले ज्यान गुमाएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस