जेष्ठ २९, काठमाण्डौ ।बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८र०७९ को नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको छ । बिहीबार बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शुक्रबार र शनिबार भएको छलफल भएको थियो ।

छलफलमा सत्तापक्ष र प्रतिपक्षका ४५ जना सांसदहरु सहभागी भएका थिए । छलफलमा सहभागि सत्तापक्षका सांसदहरुले प्रदेश सरकारले तयार पारेको आगामी आर्थिक वर्षका लागि तयार पारेका नीति तथा कार्यक्रमको विभिन्न बुँदाहरुमा संशोधनका लागि सुझाव पेश गरेका थिए । बागमती प्रदेशसभा बैठक आगामी असार १ गते ३ बजेसम्मका लागि स्थगित भएको छ ।