• २०८३ जेष्ठ २६ गते मङ्गलवार

प्रधानमन्त्रीलाई प्रदेश सांसदको धम्कीपूर्ण भाषा !

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

प्रदेश सभा जस्तो गरिमामय ठाउँमा बसेर नेपाली कांग्रेसका प्रदेश सांसद नरोत्तम बैद्यले प्रधानमन्त्री ओलीको खुलम खुल्ला हत्या गर्नेजस्तो भाषा प्रयोग गर्दा अहिले सामाजिक संजालमा ब्यापक चर्चाको बिषय बनेको छ । बागमति प्रदेश सांसद नरोत्तम बैद्यले प्रदेश सभा बैठकमा आफ्नो मन्तब्य राख्ने क्रममा आफू प्रधानमन्त्री ओलीका लागि नाथुराम गौडसे हुन तयार रहेको बताउनुभएको थियो ।

हुन त, जसले पनि झटारो हान्ने भनेको फलेको वृक्षमैँ हो ! यो देशमा गतिला ब्यक्ति सुरक्षित त कहिले भएका छन र ? शान्तिप्रेमी विकासवादी राजा बीरेन्द्रको पनि हत्या भयो । उनको वंशै मासियो । जननेता मदनकुमार भण्डारीको हत्या भयो । अहिले विपक्षी गठबन्धन आफु सत्तामा जानको लागि केपी शर्मा ओलीलाई निशाना बनाइरहेका छन ।

गौडसे भारतमा महात्मा गान्धीको हत्या गर्ने व्यक्ति भनेर चिनिन्छन् । हुन त, जसले पनि झटारो हान्ने भनेको फलेको वृक्षमैँ हो ! यो देशमा गतिला ब्यक्ति सुरक्षित त कहिले भएका छन र ? शान्तिप्रेमी विकासवादी राजा बीरेन्द्रको पनि हत्या भयो । उनको वंशै मासियो । जननेता मदनकुमार भण्डारीको हत्या भयो । अहिले विपक्षी गठबन्धन आफु सत्तामा जानको लागि केपी शर्मा ओलीलाई निशाना बनाइरहेका छन । केपी शर्मा ओलीलाई हटाउन ️सडक, संसद,अदालत धाए पार लागेन अब उनको हत्या गर्ने तानाबाना बुन्दैछन नाथुराम गोड्सेका चेलाहरु । नरोत्तम बैद्यले जुन किसिमको अभिब्यक्ति दिए, सरकारको प्रतिनिधित्व गर्ने ब्यक्तिले त्यस्तो अभिब्यक्ति दिनु भनेको आम मतदाताकोसमेत घोर अपमान गर्नु हो । यसरी देशको कार्यकारी प्रमुखजस्तो ब्यक्तिलाई यस्ता किसिमको धम्किको भाषा खुलम खुला प्रयोग गरेर असुरक्षित महशुस हुने अवस्था आयो भने हामीजस्ता सर्वसाधारण ब्यक्ति सुरक्षित हुन्छौं भन्ने ग्यारेन्टी के छ ?

यसै सन्दर्भमा नेकपा एमालेका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले आफूलाई नाथुराम गौडसे बताउने बागमती प्रदेशसभा सदस्य नरोत्तम बैद्यलाई खुरुक्क माफी माग्न चेतावनी दिनुभएको छ । भट्टराईले मध्यरातमा सामाजिक सञ्जाल फेसबुकबाट यस्तो चेतावनी दिनुभएको हो । भट्टराईले बैद्यलाई १० वटा तर्क नगरी खुरुक्क माफी माग्न सुझाउनुभएको हो ।

भट्टराईले लेख्नुभएको छ ‘बागमती प्रदेशसभा सदस्य नरोत्तमजीले दश वटा तर्क नगरी खुरुक्क माफी माग्नु बेस हुन्छ ।’ यसै बिषयलाई लिएर नेपाली कांग्रेसका प्रवक्ता विस्वप्रकास शर्माले पनि प्रदेश सांसद नरोत्तमले माफी माग्नैपर्छ र हामी यस्ता कुरालाई ढाकछोप गर्दैनौं भनेका छन ।

कांग्रेस सांसद वैद्यले शुक्रवार प्रदेशसभामा बोल्ने क्रममा प्रधानमन्त्री ओलीलाई त्यत्तिकै छोड्न नहुने भन्दै महात्मा गान्धिलाई हत्या गर्ने नाथुराम गोड्से जस्तै बन्ने अभिव्यक्ति दिएका थिए । एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष समेत रहेका आनन्द पोखरेलले आपत्तीजनक अभिव्यक्ति दिने सांसद वैद्यलाई तत्काल निलम्बन र पक्राउ गरी मुद्धा चलाउन माग गरेका छन् ।

‘यो विषय सामान्य व्यक्तिले लहडमा मात्र बोलेको होईन, यसमा गम्भिर षड्यन्त्र लुकेको छ, पोखरलले भने सत्यतथ्य पत्ता लगाउन शक्तिशाली आयोग बनाउन माग गर्दछु ।” हत्या जस्तो गम्भिर अपराधको वकालत गर्ने सबैलाई कानूनको दायरामा ल्याई ज्यान मार्ने उद्योगको मुद्धा चलाउनुपर्ने उनको माग छ ।

त्यस्तै यस विषयलाई लिएर सामाजिक सन्जाल निकै तातिएको छ । भनिन्छ नि ” बोल्न पाँए भन्दैमा प्वाक्क नबोल्नु, खान पाँए भन्दैमा क्वाप्प नखानु, बस्न पाँए भन्दमा थ्याच्च नवस्नु ! तसर्थ, समय र परिस्थितिअनुसार मानिस चल्न सकेन र मनलाग्दी तरिकाले आफ्ना भावना कुन्ठाहरु जतापायो उतै पोख्न थाल्यो भने सायद समाजले त्यस्ता अमर्यादीत शब्दहरु बोल्ने ब्यक्तिलाई छुट कदापी दिने छैनन । त्यस्ता जिम्मेवार ब्यक्ति ” जो जनताको प्रतिनिधित्व गरेका छन” आफ्नै चरित्र गुमाएर जनताको सेवा कसरी गर्छन भन्ने अपेक्षा गर्नु ! तसर्थ यस्ता ब्यक्तिहरु जो कोहि भए पनि सजाएको भागिदार हुनैपर्छ भन्दै सामाजिक सन्जालमा ब्यापक बिरोधका आवाजहरु गुन्जिरहेका छन ।

Sharing

प्रतिक्रिया दिनुहोस