• २०८३ असार १९ गते शुक्रवार

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि गुरुङ, आजै शपथ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २९, काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री बनेका छन् । प्रदेश प्रमुख सीता कुमारी पौडेलले संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको हैसियतमा एमालेका संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

प्रदेश प्रमुखले पौडेलले आज ४ बजेसम्म दुई वा दुइ भन्दा बढी दलको सहभागितामा सरकार गठनका लागि आह्वान गरेकी थिइन् । तर,तोकिएको समय भित्र चार दलले हस्ताक्षर बुझाएपनि आवश्यक बहुमत पु¥याउन नसकेका भन्दै ठूलो दलको हैसियतमा पुन गुरुङलाई नै नियुक्त गरेकी हुन् ।

उनको आजै प्रदेश प्रमुखको कार्यालयमा शपथ हुने कार्यक्रम रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस