बैशाख २९, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो र्चाबिस घण्टाको अवधिमा चार हजार ४४४ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन । मन्त्रालयका अनुसार योसँगै कोरोना मुक्त हुनेको संख्या ३१६४६८ जना भएका छन्।
यो कुल संक्रमितको ७४.९ प्रतिशत हो। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार ७८६ पीसीआर र एन्टिजेन परीक्षणका क्रममा मंगलबार थप ९३०५ जनामा कोरोना संक्रमण देखिएको हो। मंगलबारसम्म देशभर १ लाख १ हजार ६ सय ३४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ।