बैशाख २९, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा २४ घण्टामा कूल ३९२४ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा ३२५० जना ललितपुरमा ४४८ जना र भक्तपुरमा २२६ जनामा संक्रमण पुष्टि भएको हो।
नेपालमा पछिल्लो चौबीस घण्टामा २० हजार ३६२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा नौ हजार २३८ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो र्चाबिस घण्टाको अवधिमा ४४४४ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन । योसँगै कोरोना मुक्त हुनेको संख्या ३१६४६८ जना भएका छन्।