• २०८३ बैशाख १७ गते बिहिवार

निषेधाज्ञामा यात्रुसँग बढी भाडा लिने थप दुईजना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २९, काठमाडौँ । यात्रुसँग तोकिएको भन्दा दोब्बर बढी भाडा लिने दुईजनालाई कलंकी र बसपार्कबाट ट्राफिक प्रहरीले पक्राउ गरको छ । पक्राउ पर्नेमा सप्तकोशी काउण्टर कलंकीमा काम गर्ने बाराका ४१ बर्षीय हृदय नारायण साह र गंगबु काउण्टरबाट ३५ वर्षीय कृष्ण चौधरी रहेका छन् ।

साहले ना६ख ५०६७ नम्बरको बसमा कलैया जाने यात्रुसँग तीन गुणासम्म बढी भाडा लिएका थिए भने चौधरीले ना७ख ४९२० नम्बरको बस मार्फत बर्दिया जाने यात्रुहरुसँग प्रति ब्यक्ति पच्चीस सयदेखि तीन हजारसम्म भाडा लिने गरेका थिए । उपत्यकामा निषेधाज्ञा जारी भए पश्चात वैदेशिक रोजगारबाट घर फर्किने र जरुरी कामका सिलसिलामा उपत्यका बाहिरका जिल्ला जाने यात्रुहरुसँग बढी भाडा लिइ ठगी गर्ने पक्राउ परेका हुन् ।

निषेधाज्ञा लागू भएपश्चात बढि भाडा लिइ यात्रु ठग्नेबिरुद्ध कारबाही अभियान सञ्‍चालन गरी छुट्टै डेडिकेटेड टिम समेत परिचालन गरेको ट्राफिक महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस