वैशाख २९, काठमाडौँ । थापाथलीस्थित नर्भिक अस्पतालले अक्सिजन आपूर्ति सहज नभए अकल्पनीय घटना घट्न सक्ने बताएको छ । अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कोभिडको संक्रमण बढेसगैं अस्पतालमा प्राण वायुको रूपमा रहेको अक्सिजनको अभाव चरम बन्दै गएको जनाएको हो ।
राज्यको अनुदार नीतिले झन समस्यालाई बलझाएको छ र तोकिएको कोटाअनुसार अक्सिजन समेत उपलब्ध हुन सकेको छैन । यो अवस्था यसैगरी जारी रहने हो भने अकल्पनीय घटना घट्न सक्ने अनुमान सहजै गर्न सकिन्छ ।
विज्ञप्तीमा भनिएको छ । विज्ञप्तीमा कोभिड–१९ को दोस्रो लहरको तीव्र संक्रमणपछि उत्पन्न जटिल परिस्थितिमा सर्वसाधारणलाई सहज उपचार दिने उद्देश्यले नर्भिक इन्टरनेशनल हस्पिटलले आफूलाई ‘कोभिड अस्पताल’को रुपमा रुपान्तरण गरी सेवा प्रदान गरेको पनि बताएको छ ।
