• २०८३ बैशाख १० गते बिहिवार

काठमाडौँबाट २५ जना जुवाडे पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

 बैशाख  २९,काठमाडौँ । २५ जना जुवाडेलाई काठमाडौँबाट प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मंगलबार १० लाख ९७ हजार नगदसहित २५ जना जुवाडेहरू पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको प्रहरीको टोलीले काठमाडौं महानगरपालिका–१६ बहती पोखरीस्थित पिताम्बर गौतमले सञ्चालन गरेको फेवा दर्शन होटलबाट २५ जना जुवाडेलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा काठमाडौं–१६ बस्ने होटल सञ्चालक पिताम्वर गौतम, भारतको  कानु प्रधान, ३७ वर्षीया रञ्जना ढकाल, काभ्रेको  पुरुषोत्तम न्यौपाने, महोत्तरीको  मनोजकुमार मण्डल पनि पक्राउ परेका छन् । त्यस्तै बझाङको  उमेश विक, काभ्रेको विजय कार्की, चितवनको जगतबहादुर गुरुङलाई पक्राउ गरेको छ । मोरङको  नवीन्द्रकुमार गुरुङ पनि जुवा खालबाट पक्राउ परेका छन् ।

सिन्धुपाल्चोक घर काठमाडौं–४ बस्ने  ज्योतिप्रकाश श्रेष्ठ, मकवानपुरको बिर्खबहादुर थिङ पनि पक्राउ परेका छन् । धादिङको पदमबहादुर तामाङ, ललितपरको शंखर माली, भक्तपुरको  रामेश्वर गौतम, मकवानपुरको रामकृष्ण वाइवा पनि पक्राउ परेका छन् । दोखलाको  छिरिङ शेर्पा, काभ्रेको मिनसाङ लामा, ललितपुर महानगरपालिका–४ बस्ने ३० वर्षीय अनिल सेढाइँ, काठमाडौंको तार्केश्वर–११ बस्ने ५५ वर्षीय राम अधिकारीलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ । मुगुको  तेञ्जिङ लामा, काठमाडौंको ग्यालछेल लामा, नवलपरासीको  छिरिङ लामा, ललितपुरको  ज्योति थापा र सल्यानको  बलबहादुर राउत पनि जुवा खालबाट पक्राउ परेका छन् ।

पक्राउ परेकाहरूको साथबाट ३० बुक तास, तास खेल्न प्रयोग गरिएको ५० वटा क्वाइन समेत बरामद गरिएको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यकाभित्र जुवाको ठूलो अवैध धन्दा चल्दै आएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस