बैशाख २९,महोत्तरी । लागुऔषधसहित महोत्तरीबाट दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार औरही नगरपालिका वडा नम्बर ४ कठुधारबाट सोही नगरपालिका वडा नम्बर ५ का २९ वर्षीय अक्षयकुमार अर्याल र धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ७ का ३२ वर्षीय सरोज पाण्डेलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूको साथबाट डाइजेपाम ४४ पिस, नोर्फिन ४४ पिस र फेनेरगन ४३ पिस बरामत गरेको प्रहरीले जनाएको छ । महोत्तरी जिल्ला अदालतबाट लागुऔषध मुद्दामा १० दिनको म्याद लिई थप अनुसन्धान थालेको महोत्तरी प्रहरीले जनाएको छ ।