बैशाख २९, बाँके । वडा प्रहरी कार्यालय नेपालगन्जले लकडाउनको उल्लंघन गर्ने अत्यावश्यक काम बाहेक बिना मास्क घर बाहिर निस्कने व्यक्तिहरुलाई एक घन्टा होल्ड कार्वाही सुरु गरेको छ । मंगलबार नेपालगन्जको मूख्य सडक बजार क्षेत्रमा बिनाकाम हिड्नेलाई होल्डमा राख्ने अभियान सुरु गरेको हो ।
प्रहरीले त्रिबेनी मोड, एकलाइनी, त्रिभुवन चोक, सेतुबिक चोक, रानी तलाब, धम्बोजी चोक, बिपि चोक लागयत विभिन्न स्थानहरुबाट अत्यावश्यक विना काम, बिना पास, बिना मास्क नलागाई सडकमा निस्केकाहरुलाई एक घन्टा होल्डमा राखेर मोटरसाइकल, साइकल र अटो रिक्सा लगायतको सवारी साधनहरुको हावा खुलेर छोडिएको थियो ।
वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काको नेतृत्वमा नेपालगन्जकाे विभिन्न ठाँउमा खटेकाे प्रहरी टाेलीले लकडाउन उल्लंघन गर्दै निस्केकाहरुलाई होल्ड कारवाही गरेकाे थियाे ।
संक्रामक रोग ऐन २०२० बमोजिम जिल्ला प्रशासन कार्यालयर्को निर्देशन अनुसार वडा प्रहरी कार्यालय नेपालगन्जको मातहतमा रहेका प्रहरी युनिटहरुले मास्क नलगाउँनेहरु लाई एक घन्टा होल्ड गरि कारवाही अघि बढाएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काले जानकारी दिनुभएको छ ।