• २०८३ बैशाख १७ गते बिहिवार

एमालेले तोक्यो सातै प्रदेशका इन्चार्ज, महाधिवेशन आगामी मंसिरमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २८, काठमाडौं । नेकपा एमालेले सातै प्रदेशमा इन्चार्ज तोकेको छ । सर्वोच्च अदालतको आदेशअनुसार साविकको अवस्थामा फर्किएको एमालेले शुक्रबार सातै प्रदेशमा पार्टीका इन्चार्ज तोकेको हो ।

एमालेका मुख्य सचेतक विशाल भट्टराईका अनुसार केही विभागीय र भौगोलिक जिम्मेवारी हेरफेर गरिएको छ । उहाका अनुसार एमालेको शुक्रबार बसेको बैठकले रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा माओवादी केन्द्रबाट एमालेमा आएका २३ जनालाई पनि एमाले केन्द्रीय समितिमा मनोनयन गरिएको छ । केन्द्रीय कमिटीको बैठकले प्रदेश इन्चार्जहरु पनि तोकेको छ । बैठकले बाग्मती इन्चार्ज (राम बहादुर बादल, कर्णाली इन्चार्ज यम लाल कडेल, एक नम्बर प्रदेश इन्चार्ज सुबास नेवाङ, दुई नम्बर प्रदेश इन्चार्ज सत्य नारायण मण्डल, गण्डकी प्रदेश इन्चार्ज पृथ्वी सुब्बा गुरुङ, लुम्बिनी प्रदेश इन्चार्ज शंकर पोखरेल, सुदुर पश्चिम प्रदेश इन्चार्जलेख राज भट्टलाई तोकेको छ ।

यस्तै बैठकले प्रबक्तामा प्रदिप ज्ञावलीलाई, संगठन बिभागको प्रमुख को जिम्मेवारी बिष्णु पौडेल रे बिदेश बिभाग प्रमुख राजन भट्टराईलाई दिएइको छ । बैठकले महाधिवेशन ०७८ मंसिर २ देखि ८ मा गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यसमितिको अर्को बैठक चैत ७ गते बस्ने जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस