• २०८३ बैशाख २० गते आइतवार

थप ४८ जना कोरोना सङ्क्रमित थपिए

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन २८, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका ४८ जना सङ्क्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या दुई लाख ७५ हजार ११८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गर्दै दिएको जानकारी अनुसार पछिल्लो चौबीस घण्टामा ६१ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७१ हजार १७७ जना सङ्क्रमित निको भएका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस