फागुन २८ , चितवन। रत्ननगर नगरपालिका-१६ खैरेटी बस्ने ३८ वर्षीय राम बहादुरको बंगुरको खोरमा कौडा खेलिरहेको अवस्थामा राम बहादुर सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त खोरमा लुकिछिपी कौडा खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख १४ हजार रुपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।