फागुन २८, पाल्पा । बगनासकाली गाउँपालिका-४ महछाप बस्ने २१ वर्षीय प्रेम बहादुर कनौजेलाई २ थान एकनाले भरुवा बन्दुक सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा अवैध भरुवा बन्दुक राखेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।
उदयपुर, बेलका नगरपालिका-९ बस्ने ३७ वर्षीय सनविर राई सहित २ जनालाई २ थान भरुवा बन्दुक सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय ठोक्सिलाबाट प्रहरीले उनीहरुले अवैध रुपमा लुकाई छिपाई राखेको उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।