तिम्रो दिलको महारानी हुन पाइन किन
तिम्रा ती आँखाको नानी हुन पाइन किन ।
बालापन पश्चात् सुस्त सुस्त यौवनले छुँदै गर्दा
दुनियाँ लोभ्याउने त्यो जवानी हुन पाइन किन ।
साँझ बिहानको भोजनसँगै रात्रीकालिन निदरिमा
प्यासीको प्यास मेटाउने ~~पानी हुन पाइन किन ।
कोमल शरीर दयालु मन थियो साथमा मेरो पनि
तिमी झैं स्वार्थी मायाप्रेमको दानी हुन पाइन किन ।
जन्मजातै भाग्य बिधाताबाट ठगिएकी यो “सुधा ”
तिमीजस्तो साथीपाएर भाग्यमानी हुन पाइन किन ।