• २०८३ बैशाख ९ गते बुधवार

प्रधानमन्त्री ओली १ गते बुटवल आउने भएपछि प्रदेशस्तरिय सुरक्षा गोष्ठि सम्पन्न

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

माघ ३०, दाङ । लुम्बिनि प्रदेश प्रहरि कार्यालयका डिआइजि रबिन्द्र बहादुर धानुकले बदलिदो राजनितीकसंगै प्रदेशको शान्ती सुरक्षाका लागि उच्च सुरक्षा सतर्कता अपनाइएको बताएका छन ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको आयोजनामा बुधबार प्रदेश प्रहरि कार्यालय तुलसिपुरमा भएको लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठि तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बदलिदो राजनितिक परिबेशसंगै प्रदेशको शान्ती सुरक्षा मजबुत पारीएको बताएका हुन । बदलिदो राजनितिक अबस्थामा समसामयिक शान्ती सुरक्षाको बारेमा एक अर्कासंग आपसमा समन्वय गर्ने गरि छलफल गर्न सो प्रदेशस्तरिय सुरक्षा गोष्ठि गरिएको डिआइजि धानुकले जानकारि दिए । प्रदेशस्तरिय सुरक्षा गोष्ठिमा लुम्बिनि प्रदेशका जनपथ, सशस्त्र, सेना र रास्ट्रिय प्रहरि अनुसन्धानका उच्च सुरक्षा अधिकारीको उपस्थिती रहेको थियो । गोष्ठिमा सहभागी प्रदेशका राज्यका सबै सुरक्षा अंगका प्रमुखहरुले प्रदेशको पछिल्लो शान्ती सुरक्षा अबस्थाको बारेमा रिपोर्टिङ गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस