माघ ३०, सुनसरी । ट्रकको ब्रेक फेल भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धरान–४ स्थित कोशी राजमार्ग अन्तर्गत उत्तरबाट दक्षिणतर्फ जादैँ गरेको ना ६ ख ६५५१ नम्बरको ट्रक ब्रेक फेल भई दुर्घटना भएको हो ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार ट्रकमा सवार सहचालक ३० वर्षीय बिशाल खड्काको घटनास्थलमै मृत्यु भएको हो । ट्रक चालक मोरङ सुन्दरहरैँचा–११ का २५ वर्षीय सुनिल कुमार भगत ईप्रका भेडेटारको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।