• २०८३ साउन २६ गते मङ्गलवार

कस्तुरीको बिना र जनावरको दाँतसहित ५ जना पक्राउ

महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

माघ ३०, बाँके । बाँके प्रहरीले कस्तुरीको बिना र जनावरको दाँतसहित ५ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगंज उपमहानगरपालिका वाड नं.१ निबासी ५२ बर्षका लौटन थारु, बर्दिया बढैयाताल गाउँपालिका ५ निबासी २५ बर्षकी पार्वती थापा, जिल्ला बर्दिया ठाकुरबाबा नगरपालिका ४ निबासी २६ बर्षका कमल परियार, बर्दिया बढैयाताल गाउँपालिका ७ निबासी ४५ बर्षका रामशरण थारु र जाजरकोट नलगाढ नगरपालिका १० निबासी २७ बर्षका धनराज थापा रहेका छन् ।

उनिहरूलाइ थारूको घरमा अवैध रूपमा जंगली जनावरको बिक्रीबितरण भइरहेको छ भन्ने सूचनाको आधारमा गएको प्रहरी टोलीले पक्राउ गरेको हो । खान तलासी लिने क्रममा पार्वति थापले बोकेको रातो लेडिज ब्याग भित्र खैरो रङ सहितको कस्तुरिको बिना जस्तो पदार्थ र जंगलि जनावरको दाँत फेलापारी बरामद गरी उनिहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जिल्ला वन कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस