• २०८३ जेष्ठ ५ गते मङ्गलवार

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पुरुष पक्राउ

अनिल खत्री पढ्न लाग्ने समय : १ मिनेट

माघ ३०, गुल्मी । गुल्मीमा अन्दाजी १४ वर्षकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार मदाने गाउँपालिका वडानम्बर–४ म्यालपोखरी बिरौटाकी बालिकालार्ई जबरजस्ती करणी गरेको आरोपमा मालिका गाउँपालिका वडानम्बर–४ अर्खाबाङका २९ वर्षका रमेश भन्ने जगतबहादुर रानालाई पक्राउ गरिएको हो ।

रानाले माघ २६ गते बेलुकी करिब ४ बजेतिर आफनो कोठामा लगि ललाई फकाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । रानाले जबरजस्ती करणी गरेको भन्ने माघ २९ गते इलाका प्रहरी कार्यलय पुर्कोटदह गुल्मीमा जानकारी गराएका थिए । जानकारी पाउन साथ प्रहरी नायव निरिक्षक दिपेश राईको कमाण्डमा प्रहरी टोलीले रानालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखिएको प्रहरीले जनाएको छ ।

रानालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय तम्घासमा ल्याई थप अनुसन्धान कार्य भई रहेको नायव उपरिक्षक (डिएसपी) पाण्डेले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस