• २०८३ जेष्ठ ७ गते बिहिवार

बुधबार २ घण्टा तारकेश्वरमा बत्ती नहुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस २८, काठमाडौं । तारकेश्वर नगरपालिकाभित्र भोली २ घण्टा बत्ति काटिने भएको छ । नेपाल विद्युत प्राधिकरण बालाजु वितरण केन्द्रले सुचना जारि गरि भोलि २घण्टा बत्ती नहुने जानकारी गराएको हो ।

विद्युत प्राधिकरण बालाजु वितरण अन्तर्गतको धर्मस्थली फिडरको बाइपास चोकमा रहेको एच.टि. (११ हजार भोल्ट लाइनको अण्डरग्राउण्ड केवल हेड मर्मत तथा अन्य स्थानमा सुधार गर्नुपर्ने भएकाले भोली २ घण्टा बत्ती काटिन लागेको बालाजु वितरण केन्द्रले सूचना निकालेर सार्वजनिक गरेको हो । भोली बत्ती काटिनेस्थानहरुमा तारकेश्वर नगरपालिकाको महांकाल, पुसल, सानो बाइपास, धर्मस्थली बजार, जरङ्खु, बसन्तकोलोनी, ढकालटार, पदमशाल, फुटुङ, साङ्ला, काभ्रेस्थली, मनमैजु र अन्य एरिया रहेका छन । यी एरियामा दिउँसो १ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म बत्ती काटिने भएको छ ।

तोकिएको समय भन्दा अगाडी नै काम सम्पन्न भएमा विद्युत सप्लाई सुचारु हुने बालाजु वितरण साखाले बताएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस