मंसिर २५, काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आज भक्तपुरमा बसेको छ । एमालेको दशौँ महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक आज दिउँसो १ बजे जर्मन हाउस हस्पिटालिटी गठ्ठाघर भक्तपुरमा बसेको हो ।

एमालेको आजको बैठकले मृत बोहोराको अध्यक्षतामा केन्द्रीय सल्लाहकार परिषद गठन गर्ने निर्णय गरेको छ । बैठकले दशौं महाधिवेशनको समिक्षा गरेको छ ।
यस्तै यही पुष २३ गते सबै जिल्लाका अधिवेशन र माघ ८ गते सबै प्रदेशका अधिवेशन गर्ने निर्णय गरेको छ । यसैगरी विधानमा सम्पादन र नियामवली बनाउन उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमामा बनाइएको छ । सदस्यहरुमा नेता खगराज अधिकारी र पूर्व महान्यायाधीवक्ता रमेश बडाल हुनुहुन्छ ।
यस्तै बैठक सञ्चालन सम्बन्धी कार्यविधी र सुझाव सहित पारित गरेको छ । एमालेले माघ र फागुनमा पार्टी विस्तार पार्टी प्रवेश कार्यक्रम सञ्चालन गर्ने भएको छ । फागुनभरीमा सबै जनसंगठनका महाधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ ।