• २०८३ जेष्ठ २९ गते शुक्रवार

बैतडीमा जिप दुर्घटना हुदाँ३ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १७, बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । धनगढीबाट बझाङ जान लागेको से १ ज ७२६ नम्बरको जिप जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका ८ विन्द्रावनमा बिहान साढे ५ बजे दुर्घटना भएको हो ।

दुर्घटना बझाङको केदारस्यु गाउँपालिका ३ का १९ वर्षीय सुनिल खाती, केदारस्यु गाउँपालिका २ का २५ वर्षीय भानुभक्त रावल र जिप चालक वित्थडचिर गाउँपालिका ४ का २३ वर्षीय चन्द्र अधिकारी घाइते भएका छन् । चालक अधिकारीको अवस्था गम्भीर रहेको छ । घाइतेहरूको खोडपेस्थित स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि डडेल्धुरा पठाइएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

Sharing

प्रतिक्रिया दिनुहोस