• २०८३ बैशाख ३१ गते बिहिवार

नेपालगन्ज जमुनाह नाकाबाट लागूऔषध सहित यातायात कर्मचारी पक्राउ

महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २५,  बाँके । वीरेन्द्रनगर नगरपालिका सुर्खेत ३ तातोपानी घर बताउने बबिन शाहीलाई पक्राउ गरेको कुरा जमुनाहमा रहेको ईलाका प्रहरी कार्यालयका इन्चार्ज मीनबहादुर विष्टले जानकारी गराएकाछन ।

हुन त कोरेक्स एउटा खोकीको औषधि हो तर पनि नेपालका युवाहरूले यसको दुरुपयोग गरेर डोजभन्दा ओभर खानाले यसलाई नशाकोरुपमा प्रयोग गर्ने भएको हुँदा हाल नेपाल सरकारले यसलाई पुर्णतः ब्यान्ड गरेएको छ| उक्त कोरेक्स दुई हजार मिलिलिटर र १५ ट्याब्लेट नाइट्रोभेटसहित शाही जमुनाह नाकाबाट पक्राउ परेका छन। जुसको बोतलमा कोरेक्स भरेर ल्याउनेक्रममा उनी पक्राउ परेको प्रहरीले जानकारी गराएको छ । शंकास्पद गतिविधि देखिएपछि शाहीलाई प्रहरीले चेकजाँच गरेको थियो भने शाहीको साथबाट नाइट्रोभेट र कोरेक्स दुबै एकसाथ फेला पारेको छ

Sharing

प्रतिक्रिया दिनुहोस