• २०८३ जेष्ठ २४ गते आइतवार

किराँत धर्म र संस्कृतिको विकास आवश्यक मुख्यमन्त्री राई

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २५, मोरङ । प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले किराँत धर्मको भाषा, संस्कृति र सम्पदा सरकारले संरक्षण एवं विकास गर्ने बताउनुभएको छ ।महागुरु फाल्गुनन्द लिङदेनको १३७औँ जन्मजयन्तीको अवसरमा मूल समारोह समिति केराबारी गाउँपालिका–७ मा आज आयोजित कार्यक्रमको उहाँले उद्घाटन गर्दै विद्यालय शिक्षाको विकास नभएको अवस्थामा महागुरुले किराँत धर्म, भाषा, संस्कृति र सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान दिएको चर्चा गर्नुभयो ।

मुख्यमन्त्री राईले किराँत धर्मको संरक्षण, सम्वद्र्धन र विकासमा प्रदेश सरकारले सहयोग गर्ने प्रवितबद्धता व्यक्त गनुभयो । किराँत धर्म गुरु आत्मानन्द लिङ्देनले किराँत धर्ममा महागुरुले विश्व शान्ति र मानव कल्याणको सन्देश दिएको चर्चा गर्दै शान्ति र स्थिरताले मात्र देशको विकास हुने बताउनुभयो । उहाँले समाजमा विद्यमान कुरुति, कुसंस्कार र विकृतिलाई हटाउन धर्मले महत्वपूर्ण ज्ञान दिएको स्पष्ट पार्दै किराँत सभ्यतालाई संरक्षण गर्न युवाको काँधमा जिम्मेवारी आएको कुरामा जोड दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस