कात्तिक २५, काठमाडौ । मेरो गणना मेरो सहभागीता नाराका साथ १२ औं राष्ट्रिय जनगणना शुरु भएसगैं तारकेश्वर नगरपालिकामा पनि आज देखि राष्ट्रिय जनगणना कार्यक्रम सुरुभएको छ। जनगणनाको शुभारम्भ पहिलो गणना तारकेश्वरका नगर प्रमुख रामेश्वर बोहराबाट शुभारम्भ गरिएको हो ।
तारकेश्वरका स्थानीय जनगणना अधिकारी हरिकृष्ण अर्यालले दिएको जानकारी अनुसार तारकेश्वर नगरपालिकाका ११ वट वडामा १८४ जना गणकका खटिएका छन। तारकेश्वर नगरमा ४२ हजार एक सय घर परिवार रहेको छ ।