• २०८३ बैशाख २८ गते सोमवार

मुगुमा जनगणना समन्वय प्रमुख बाट विवरण सुरु

खड्क सुनार पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २५,मुगु । राष्ट्रिय जनगणना हिमाली जिल्ला मुगुमा विहान १० बजे बाट शुभारम्भ भएको छ । विहिवार विहान जिल्ला समन्वय समितिका प्रमुख पुर्ण बहादुर रोकायाको विवरण लिई मुगुमा १२ औं जनगणनाको विवरण कार्य शुभारम्भ गरिएको हो ।

No description available.
मुगुमा ९० जना गणक परिचालन गरिएको जिल्ला जनगणना कार्यालय मुगुका कार्यालय प्रमुख कृष्ण चौलागाईले बताए । जनगणनाका लागि सम्पूर्ण तयारी पूरा भई खटाई सकेको प्रमुख चौलागाईको भनाई छ ।

No description available.

पहिलो चरणमा मुगुमा २० जना सुपरिवेक्षकले १२ हजार ३ सय १० घर तथा घरपरिवारले सूचीकरण गरिसकेको कार्यालयले जानकारी दिएको छ । जनगणनालाई थप प्रभावकारी बनाउन जिल्लाका ३ वटा स्थानमा सोरु , खत्याड र गमगढी बजारमा स्थानीय जनगणना कार्यालय स्थापना गरिएको उनको भनाइ छ ।

गणना प्रभावकारी भए, नभएको अनुगमन गरिने उनले जानकारी दिए । साथै जिल्लामा जिल्ला समन्वय समिति मुगुका प्रमुख पुर्ण बहादुर रोकायाको विवरण लिई जनगणना सुरु गर्ने तयारी रहेको बताईएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस